कोरला नाकाबाट एक लाख २० हजार थान 'भेप' बरामद
hamrakura.com · Sun May 17 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल–चीन उत्तरी सीमास्थित कोरला नाका (लोमान्थाङ-१, छोसेर न्हेचुङ) बाट मुस्ताङ भन्सार कार्यालयले शनिबार ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। भन्सार छलेर शङ्कास्पद रूपमा भित्र्याइएका दुई वटा मालवाहक कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको हो।
भन्सार कार्यालयका अनुसार एक कार्टुनमा २२० वटाका दरले दुवै कन्टेनरमा गरी करिब १ लाख २० हजार थानभन्दा बढी विद्युतीय चुरोट (भेप) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)