राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न सुझाव
gorkhapatraonline.com · Fri Nov 24 06:44:09 GMT 2023
काठमाडौँ, मङ्सिर ८ गते । निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १९ सदस्य मतदानबाट र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना निर्वाचित हुने छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बिहान आयोगका प्रमुख आयुक्त तथा आयुक्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरी राष्ट्रिय सभा सदस्यको निर्वाचनको मितिबारे परामर्श दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्रीले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने बताउनुभएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)