मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू

ratopati.com · Sat Oct 24 08:53:06 GMT 2026

गोरखा। बडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो।

गाउँघरमा कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम भइरहेको छ। कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीसमेत किसानले गरिरहेका छन्। वर्षायाममा रोपिने कोदो पहाडी भेगका किसानको प्रमुख खाद्यान्न बालीमध्ये एक हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)