फापरखेत पहिरो नियन्त्रण सङ्घीय सरकारको प्राथमिकतामा छ : मन्त्री पुन
gorkhapatraonline.com · Sat Oct 24 09:09:20 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सिमनामा पर्ने फापरखेत पहिरोको स्थायी समाधानका लागि सङ्घीय सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ ।
शनिबार पहिरोस्थलको निरीक्षण गर्दै मन्त्री पुनले आगामी बर्खाअघि नै समस्या समाधान गर्ने गरी पहिरो नियन्त्रण तथा वैकल्पिक सडक र पुल निर्माणको कामलाई सम्पन्न गर्ने गरी आवश्यक तयारी भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)