विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, ७२औँ स्थानमा कायम
nepalnews.com · Sat Oct 24 09:27:34 GMT 2026

काठमाडौं। विश्व भोकमरी सूचकांक २०२६ को प्रतिवेदनअनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ। नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो, जसले पछिल्लो समय मुलुकमा भोकमरीको अवस्था सुधार हुँदै गएको पुष्टि गर्छ।
प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशभन्दा राम्रो देखिएको छ। क्षेत्रीय तुलनामा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ भने बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन्। अफगानिस्तान १०८औँ स्थानमा छ। दक्षिण एसियाको क्षेत्रीय औसत अंक २३.५ रहेको छ, जुन विश्वको औसत अंक १८.१ भन्दा बढी छ। यसले यस क्षेत्रमा भोकमरी र कुपोषणको समस्या गम्भीर रहेको संकेत गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)