बेगनासतालमा डुंगा दौड प्रतियोगिता हुने
nepalnews.com · Wed Jun 10 01:44:27 GMT 2026
पोखरा। पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आज देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुंगादौड प्रतियोगिता आयोजना हुने भएको छ।
बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बास्तोलाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)