ताप्लेजुङका स्थानीय तहलाई सङ्घीय बजेट तीन अर्ब २० करोड
gorkhapatraonline.com · Wed Jun 10 01:45:00 GMT 2026

ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन् । यहाँका स्थानीय तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ मा समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएका हुन् ।
ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९ करोड ९३ लाख रुपियाँ पाउने भएका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ भने मिक्वाखोला गाउँपालिकाले सबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ बजेट पाउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)