मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’

barnanmedia.com · Fri Apr 25 21:44:44 GMT 2025

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार भएको बताउनु भएको छ ।

भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन र अन्तरराष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र)को तेस्रो वार्षिक बैठकको शुक्रबार उद्घाटन गर्दै उहाँले उपत्यकाका भौतिक र अभौतिक सम्पदाको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो । मन्त्री पाण्डेले भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)