‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’
barnanmedia.com · Fri Apr 25 21:48:13 GMT 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्नुहुँदै उहाँले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)