बजेट चलखेल प्रकरण : किन लिइएन रघुनाथसँग बयान ?
annapurnapost.com · Thu Jul 28 00:18:00 GMT 2022
काठमाडौं : जेठ १४ गते मध्यरातिपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बोलावटमा पूर्वनासु रघुनाथ घिमिरे अर्थ मन्त्रालय पुगेका थिए। उनैले राजस्व, भन्सार र करका दर हेरफेर गरेका थिए। उच्च कर्मचारीहरूले निरीह बनेर त्यो दृश्य हेरेका थिए। तर, समितिले मुख्य आरोपी घिमिरेसँग बयानै लिएन।
उनै घिमिरे गत भदौ २५ गते ल्याइएको प्रतिस्थापन बजेटमा करका दर हेरफेरमा पनि प्रत्यक्ष संलग्न थिए। तत्कालीन अर्थमन्त्री शर्माले बजेटमा खेताला विज्ञको रूपमा उनलाई प्रयोग गरेका थिए। शर्मा अर्थमन्त्री भएपछि नै अर्थ मन्त्रालयमा घिमिरेको चलखेल बढेको थियो। अर्थका कर्मचारीसँगै बसेर कर दरमा हेरफेर गर्ने अनधिकृत व्यक्ति घिमिरेसँग संसदीय छानबिन समितिले बयान नै लिएन। उनलाई खोज्ने प्रयास पनि भएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)