मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलनमा उत्रिएका शिक्षक नेताहरूको आलोकाचो कदम, शिक्षामन्त्रीलाई कुराएर वार्तामा गएनन्

barnanmedia.com · Fri Apr 25 22:11:15 GMT 2025

सर्वाेच्च अदालतले शिक्षक आन्दोलनलाई सहमतिमा लैजाने वातावरण बनाइदिए पनि शिक्षकका नेताहरु भने आलोकाचो व्यवहार देखाउन थालेका छन्। सर्वाेच्चले बिहीबार अन्तरिम आदेश जारी गर्दै संविधानसम्मत र जायज माग पूरा गर्नेगरी तीन भित्र शिक्षकलाई फर्कने वातावरण बनाइ शिक्षण संस्थामा पठनपाठन गर्न भनेको थियो।

आदेशको भोलिपल्छ मात्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा बोलाए। यसअघि शिक्षामन्त्री विद्या भट्टराई हुँदा शिक्षा मन्त्रीसँग नभइ सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने बताइरहेका शिक्षक सर्वाेच्चको आदेशपछि वार्तामा आउन बाध्य छन्। किनकी सर्वाेच्चले शिक्षक आन्दोलनमा उत्रिनुलाई अवाञ्छित गतिविधि पनि भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)