मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिरासतका ‘रुम पार्टनर’ धवल शमशेर राणा छुटेको गल्न थाले रवीन्द्र, प्रहरीलाई भन्छन्- मेरो लागि पार्टी बोलेन, निष्पक्ष अनुसन्धान गरिदिनुस्

barnanmedia.com · Fri Apr 25 22:27:08 GMT 2025

हिरासतका ‘रुम पार्टनर’ धवल शमशेर राणा छुटेको ६ दिन भयो। गएको आइतबार हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् सांसद राणा उपचारका लागि भारत पुगिसकेका छन्। तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमै छन्। राणा छुटेपछि उनी कोठामा एक्लिएका छन्।

चैत १५ गते बेलुका राणा र मिश्रलाई प्रहरीले पक्राउ गरेर छुट्टाछुट्टै कोठामा राखेको थियो। मिश्रले आफूलाई अरु थुनुवासँग राखेपछि गुनासो गरे। हल्ला भएर साह्रै डिस्टर्ब भएको र सुत्न नसकेको गुनासोपछि प्रहरीले उनलाई पनि राणाकै कोठामा सारिदिएको थियो। २० दिनदेखि सँगै बसेका थिए राणा र मिश्र।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)