मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं र पोखरामा के होला ?

ratopati.com

सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी एमालेमातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिकार ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन् । भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका लागि भने एकल उम्मेदवार छनोट गरी सिफारिस गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)