रुसद्वारा २०० बढी विदेशी सामानको आयातमा प्रतिबन्ध
baahrakhari.com · Thu Mar 10 17:55:00 GMT 2022
मस्को । रुसले पश्चिमा देशले आफूमाथि लगाइएका प्रतिबन्धका असर कटौती गर्ने उद्देश्यले सन् २०२२ को अन्त्यसम्मका लागि दुई सय किसिमका भन्दा बढी विदेशमा उत्पादित वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको छ ।
यसबाट विगतमा विदेशबाट रुसतर्फ आयात हुँदै आएका टेलिकम, कृषि, विद्युतीय र प्रविधिसम्बन्धी उपकरणहरूको आयत प्रभावित हुने भएको छ । रुसको यस प्रतिबन्ध नीतिबाट संयुक्त राज्य अमेरिका र युरोपेली संघ लगायत करिब ४८ वटा मुलुक प्रभावित हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)