एकपटक धर्ती छाड्ने परम्परा नै संकटमा, गाउँघरबाट हराउँदै लिङ्गे पिङ
kalakarmi.com · Sat Oct 24 10:36:45 GMT 2026

ताप्लेजुङ- नेपालीहरुको महान पर्व दशैँ सकिएसँगै तिहार नजिकिदै गएको छ । दशैँ मनाउन आउने आफ्न्तहरु समेत आफ्नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन् । विगतका वर्षहरुमा गाउँघरदेखि दशैं मनाउन पुगेकाहरुले लिङ्गे पिङ खेलेर मात्र फर्कनेहरु यस पटक त्यो अवसर पाएनन् ।
विगतका वर्षहरुमा ताप्लेजुङ जिल्लाको गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने र दशैँ तिहारमा पिङ्खेल्ने परम्परा रहिआएको थियो । तर यस वर्ष भने जिल्लामा लिङ्गे पिङको संख्या न्यून देखिएको छ । टीका लगाइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा पिङ् खेल्ने गरिन्छ । तर पिङ्ग भने अहिले लोप हुँदै गएको छ । विगतमा ताप्लेजुङमा नेपाली सेनाले आर्मी ब्यारेकमा सर्वसाधारणका लागि समेत खुल्ला हुनेगरी लिङ्गे पिङ थाप्ने कार्य निरन्तरता दिंदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)