मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

barnanmedia.com · Thu Dec 04 23:02:58 GMT 2025

काठमाडौँ, १९ मङ्सिर : पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ मेगावाट क्षमताका कुल ९७ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)