भैरहवाको भाटभटेनी सुपरस्टोरमा आईएनआई सिनेमाज सञ्चालन
baahrakhari.com · Wed Jun 10 01:53:56 GMT 2026

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
यो हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए । मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा समेत यसले योगदान पुर्याउने उनको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)