काठमाडौं गेष्ट हाउस समूहद्धारा रु. ८ करोड लगानीमा ‘केजीएच पाटन’ सञ्चालनमा
corporatenepal.com · Wed Jan 10 00:42:12 GMT 2024
काठमाडौं । ‘केजस्एच पाटन’ होटल गत वर्षको फागुन महिनाबाट संचालनमा आएको छ । केजीएच गुरुपले पाटनको मुटुमा हेरिटेज होटल ‘केजीएच पाटन’ होटल संचालनमा ल्याएको हो । ‘केजीएच पाटन’ होटल केजीएच गुरुप अफ होटल्सको पहिलो हेरिटेज होटल हो । सम्पदा संरक्षण र प्रवद्र्धनप्रतिको हाम्रो प्रतिबद्धताले हामीलाई नेपालको विरासतमा प्राप्त सांस्कृतिक गौरव विश्वसामु देखाउने पर्यटन उत्पादनहरू विकास गर्न अगुवाइ गरेको ‘केजीएच पाटन’ का सिइओ राजन शाक्यले बताए ।
‘केजीएच पाटन’ ८ करोड लगानीमा संचालनमा आएको हो । उक्त होटल नेपाली कलाले सजिएको छ, जसले यस ठाउँमा कलात्मक आभालाई थप उक्साउँने विश्वास लिइएको उनको भनाइ छ । होटलमा स्टयान्डर्ड डिलक्स कोठा, डिलक्स स्टुडियो र सुपीरियर डिलक्स कोठा गरी २० वटा कोठा रहेको छ । ‘केजीएच पाटन’ का सिइओ राजन शाक्यका अनुसार होटलमा नेपाली चित्रकारहरुले बनाएका विभिन्न चित्रहरु राखिएका छ भने पर्यटकहरुले होटलभित्र सबै नेपालीपन महशुस गर्ने छ । करिब ५ आनामा निर्माण भएको केजीएच पाटनमा ४५ जना सम्म पर्यटकहरु अटाउने क्षमता रहेको छ । हामी कहाँ आएका पर्यटकहरुले छोटो समयमा जस्तै ५ मिनेटमा पाटन दरबार स्क्वायर पुग्न सक्ने छन्, हाम्रो होटल पाटनको बिचमा रहेकोले पर्यटकहरु सहज रुपमा पाटन दरबार स्क्वायर लगायत घुम्न सक्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)