मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार

gorkhapatraonline.com · Sat Oct 24 10:57:41 GMT 2026

हुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाई को सकुशल उद्धार गरिएको छ । बेपत्ता चौरीको खोजीमा गएका दुई वटा समुहले ती चौरी पत्ता लगाएर उद्धार गरेका हुन् ।

लिमीको लाप्चा क्षेत्रको उच्च पाटन लिङ, साँक्या र गेउ खोलामा पाँच दिनदेखि खोज्दै आएका दुई वटा समुहले शुक्रबार बेला १८ वटा बेपत्ता चौँरीगाई पत्ता लगाएर सकुशल उद्धार गरी ताक्चीमा पुर्याएको वडाअध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । त्यसमा तीन जना तीलगाउँका महिलाहरुले बाह्र वटा चौरी र अन्य हल्जी गाउँको समुहले छ वटा चौरी पत्ता लगाई सुरक्षित स्थानमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)