मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल

nepallive.com · Sat Oct 24 11:10:06 GMT 2026

सुर्खेत– कर्णालीका अधिकांश सडकमा कच्ची ट्र्याक खुलेका सडक कालोपत्रे गर्न माग भइरहेका बेला प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक स्थानीय तहका केन्द्र राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन् ।

कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन् । आठ पालिकामा अझैँ सडक पुगेको छैन । प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज्यको प्राथमिकतामाथि प्रश्न उठाएको छ। सडक अभावका कारण ती क्षेत्रका नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीसम्ममा कठिनाइ भोग्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)