बारा, पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लामा वर्षा : बाढीको जोखिम
Ujyaaloonline.com · Sat Aug 26 00:41:05 GMT 2023
काठमाण्डाै - बाग्मती र मधेस प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको छ । बाग्मतीका सिन्धुपाल्चोक, मकवानपुर, चितवन तथा मधेस प्रदेशका बारा, पर्सालगायतका जिल्लामा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतैकतै ठूलो पानी परेको छ ।
पानी परिरहेका जिल्ला र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ । जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)