मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता

nagariknews.nagariknetwork.com · Sat Oct 24 11:36:56 GMT 2026

जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)