मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

barnanmedia.com · Sat Oct 24 11:36:58 GMT 2026

जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष तथा माडीबाट १२२ महिला र ११६ पुरुष रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)