मनाङको हुम्डेमा मुटु परीक्षण शिविर, २ सय ४८ जनाले लिए सेवा
ekantipur.com · Sun Jun 18 16:35:47 GMT 2023
मनाङ — हिमाली जिल्ला मनाङका नागरिकको मुटु परीक्षण गरिएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका-४, हुम्डेमा मुटु परीक्षण शिविर गरिएको हो ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले कर्मा एण्ड कुन्चो फाउन्डेशनसँग मिलेर आइतबार मुटु परीक्षण शिविर आयोजना गरेको हो । मुटु परीक्षणमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीले सेवा दिएका मुख्य स्थानीय आयोजक कर्मा एण्ड कुन्चो फाउन्डेशनका सदस्य सोनाम गुरुङले बताए । उनका अनुसार आफ्नो स्वर्गीय बुवा कर्म गुरुङ र जीवित आमा कुन्चो गुरुङको स्मृतिमा सन् २०२१ मा स्थापना गरिएको फाउन्डेशनले गत वर्ष काठमाडौंमा पहिलोपटक मुटु परीक्षण गरेको हो । यस वर्ष आफ्नै जिल्ला मनाङमा मुटु परीक्षण शिविर सञ्चालन गरिएको उनले बताए । फाउन्डेशनका सदस्यहरु उनका दाइ सुनिल गुरुङ र बहिनी ममता गुरुङ पनि शिविरमा आएर सेवा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)