चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता
nepalnews.com · Sat Oct 24 12:31:03 GMT 2026

काठमाडौं । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त संख्यामा नागरिकता जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्। यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। साथै ३१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)