मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंमा हरिण जात्रा : आस्था, संस्कृति र सद्भावको अनुपम सङ्गम

gorkhapatraonline.com · Sat Oct 24 12:33:42 GMT 2026

दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा एउटा अनौठो र मौलिक परम्पराको हरिण जात्रा सुरु भएको छ । यो जात्रा दसैँको पूर्णिमासम्म मनाइने गरिन्छ । दसैँको टीकाका दिन मनाइने हरिण जात्रा यहाँको धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक सद्भावको जीवन्त प्रतीक बन्दै आएको स्थानीय बताउँछन् ।

हरेक वर्ष दसैँको टीकाका दिन तीन जना स्थानीय व्यक्तिलाई हरिणको स्वरूपमा शृङ्गार गरिन्छ । त्यसपछि दमाहा बाजाको गुञ्जायमान तालसँगै नाच्दै, गाउँदै र रमाउँदै उनीहरूलाई करिब एक किलोमिटर दुरीमा रहेको नौलाकेदार (दुर्गाभवानी) मन्दिरसम्म पुर्याइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)