राष्ट्रसंघीय महासभा र सार्कको साइडलाइन बैठकको दबाबमा देउवा, परराष्ट्र मन्त्रीमा डा.खड्का नियुक्त गरिंदै
hamrakura.com · Tue Sep 21 00:00:00 GMT 2021
काठमाडौं । मंगलबार संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन जाने निर्णय गर्यो । सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिमण्डल गठन भएको जानकारी त दिए तर कसको नेतृत्वमा जाने भन्नेबारे केही बताउन सकेनन् । बताउन सकुन पनि कसरी ? प्रधानमन्त्री शेर बहादुर देउवा महासभामा नजाने स्पष्ट पारिसकेकाले कसको नेतृत्वमा पठाउने भन्नेबारे अन्योल थियो ।
मंगलबार रातिबाट न्युयोर्कमा शुरु भएको महासभामा नेपाल प्रतिनिधि मण्डल पठाउनै पर्ने बाध्यतामा थियो । किनकी नेपाल सार्क राष्ट्रको अनौपचारिक मन्त्रिस्तरिय बैठकको अध्यक्ष नेपाल आफैं भएकाले प्रतिष्ठाका लागि भएपनि देउवाले परराष्ट्र मन्त्री नियुक्तिका लागि सहमति लिइसकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)