ग्रीसमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन पारित
bishowkhabar.com · Sat Oct 24 13:06:11 GMT 2026

एजेन्सी । ग्रीसको संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ । बालबालिका तथा युवाहरूमा सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न कडा कानुन ल्याउने देशहरूको सूचीमा ग्रीस पनि थपिएको छ ।
संसदमा बिहीबारदेखि सुरु भई शुक्रबारसम्म चलेको तीव्र बहसपछि प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको सत्तारुढ कन्जर्भेटिभ ‘न्यू डेमोक्रेसी’ पार्टीले आफ्नो बहुमतको प्रयोग गर्दै यो विधेयक पारित गरेको हो। स्थानीय ‘अना’ समाचार एजेन्सीका अनुसार संसदका अन्य कुनै पनि राजनीतिक दलले विधेयकको पक्षमा मतदान गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)