विश्व भोकमरी सूचकांकमा नेपालको सुधार
kendrabindu.com · Sat Oct 24 13:10:38 GMT 2026

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे ।
प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको नेपालले पछिल्लो वर्ष केही गिरावट बेहोरे पनि यसपटक सुधार गरेको हो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)