कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमानश्रीमतीको मृत्यु
nepallive.com · Wed Oct 20 00:32:00 GMT 2021
काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय डिलासैनी सामुदायिक बनबाट आएको हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका १२ बसन्तपुर बस्ने ५० वर्षीय ध्वजबहादुर कार्की र उनकी ४५ वर्षीय श्रीमती मथुरा कार्की रहेका छन्।
शुक्लाफाँटा नगरपालिकाका न्यायिक समिति सदस्य प्रमानन्द जोशीले आज बिहान ३ बजेतिर जङ्गलबाट गाउँ पसेको हात्तीको बथानले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)