वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित
ekantipur.com · Mon Jun 26 16:16:05 GMT 2023
काठमाडौँ — विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।
वेस्ट इन्डिजलाई जितका लागि सुपर ओभरमा ३१ रन बनाउनुपर्ने थियो । तर उसले ८ रन मात्र जोड्न सक्यो । पहिलो बलमा लोगन भान बीकलाई छक्का प्रहार गरेका वेस्ट इन्डिजका ब्याटर जोन्सन चार्ल्सले दोस्रो बलमा १ रन लिए । त्यस्तै तेस्रो बलमा कप्तान शाई होपले १ रन लिए । चौथो बलमा चार्ल्सलाई आउट गरेका बीकले पाँचौँ बलमा रोमारियो शेफर्डलाई आउट गर्दै टिमलाई जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)