मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्‍यो एमाले विधान महाधिवेशन

annapurnapost.com · Sun Sep 12 06:14:00 GMT 2021

काठमाडौं : एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिबारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ। असोज १५, १६ र १७ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि असोज ४, ५ र ६ गते तोकिएको थियो।

बहुमत पदाधिकारी फरक धारबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको भन्दै पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमालेले विधान संशोधन गर्न लागेको हो। महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित हुने गरी साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको निर्णय गरिसकेको छ। उक्त निर्णयलाई अनुमोदन गर्न विधान महाधिवेशन बोलाइएको हो। केन्द्रदेखि स्थानीय तहका ३ हजार प्रतिनिधि विधान अधिवेशनमा उपस्थित हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)