गोकुल बाँस्कोटाको ट्विट : ओलीको विकल्पमा होईन, ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौं
reportersnepal.com · Tue Mar 16 17:18:30 UTC 2021
काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल पक्षले भोलि गर्ने भेलालाई नगर्नुपर्ने कामको संज्ञा दिएका छन् । तर, उनले नेपाल पक्षलाई नगर्नुपर्ने भेला गरेपनि नगर्नुपर्ने काम नगर्न सुझाव दिएका छन् । मंगलबार राति अवेर सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो लेखेका हुन् । उनले पार्टीमा अझैपनि सार्थक एकता सम्भव रहेको सम्भावना औंल्याएका छन् ।
उनले लेखेका छन् -“झण्डुबाम लगाएर आँशु पुछ्दै भनेको हैन ऐतिहासिक विरासत,वर्तमानको यथार्थ र भोली रचिदै गरेको गर्वलायक नेपालको भाष्यभित्र आजको एमाले खडा छ।तसर्थ ओलीको विकल्पमा हैन,ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौ।नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु(सार्थक एकता संभव छ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)