मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी आक्रमणको जवाफमा बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन प्रहार

baahrakhari.com · Wed Jun 10 02:16:00 GMT 2026

काठमाडौं । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिकी सैन्य आक्रामकता कायम रहेमा अझ कडा कदम चालिने चेतावनी दिएको अलजजिराले जनाएको छ ।

आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक तथा केशम टापुका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ ।

विज्ञप्तिअनुसार ती अमेरिकी आक्रमणबाट एउटा दूरसञ्चार टावरमा क्षति पुगेको छ । सिरिकको बेमानी जिल्लामा रहेका दुईवटा पानीका ट्यांकी नष्ट भएका छन् ।

#अमेरिकी आक्रमण

#ड्रोन प्रहार

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय