राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेल शाखा यथावत राख्न माग
ratopati.com
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत राख्न माग गरेको छ । आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई माग–पत्र बुझाउँदै आयोगको प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङलाई नहटाउन माग राखेका हुन् ।
संघीय संरचना अनुसार आयोगको कार्यालय विकेन्द्रि गर्दै अझ नागरिकको नजिकमा पुग्नुपर्नेमा उल्टै भइरहेको कार्यालय हटाउने तयारी थालिएकाले यथावत राख्नका लागि माग गरिएको मेयर भट्टराईले बताए । खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बु कार्यक्षेत्र रहेको शाखा कार्यालयलाई केन्द्रीकृत गर्नका लागि कर्मचारीको दरबन्दी रिक्त बनाउँदै लगिएपछि मेयर भट्टराईको टोली आयोगको केन्द्रीय कार्यालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)