मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियालाई सिरिजमा २–० को अग्रता

ekantipur.com · Mon Jul 03 00:51:28 GMT 2023

लन्डन — अस्ट्रेलियाले लर्ड्समा भएको दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ४३ रनले पराजित गर्दै आइतबार पाँच खेलको सिरिजमा २–० ले अग्रता लिएको छ । टेस्टको अन्तिम दिन विवादास्पद र रोमाञ्चक रह्यो । इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले आक्रामक १ सय ५५ रन बनाए ।

तर जोनी बियरस्टो भने विवादास्पद ढंगले स्टम्प आउट दिइएका थिए र यससँग खेलमा तनाव थपिएको थियो । इंग्ल्यान्डले जितका लागि ३ सय ७१ रनको कठिन लक्ष्य पाएको थियो । त्यससामु घरेलु टिम आफ्नो दोस्रो इनिङ्समा ३ सय २७ रन बनाएर अलआउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)