एरिकासहित ८ कराते खेलाडी २०औं एसियन गेम्सका लागि छनोट
onlinekhabar.com · Wed Jun 10 02:14:29 GMT 2026

२७ जेठ, काठमाडौं । स्टार खेलाडी एरिका गुरुङसहित ८ कराते खेलाडी जापानको आइची-नागोयामा सेप्टेम्बर-अक्टोबरमा हुने २० औं एसियन गेम्सको लागि छनोट भएका छन् ।
नेपाल कराते महासंघले आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ खेलाडी छनोट भएको कराते महासंघले जनाएको छ । जसमा चीनमा भएको १९औं एसियन गेम्समा ऐतिहासिक रजत विजेता खेलाडी एरिकाले दोस्रो पटक एसियन गेम्समा खेल्ने भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ