द्वन्द्वपीडितका मुद्दाहरु समयमै सम्वोधन गरिनुपर्नेमा जोड
ratopati.com · Wed Mar 29 22:39:00 GMT 2023
काठमाडौँ । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजाल नेपालले द्वन्द्वपीडितहरुका सत्य, न्याय, परिपूरण तथा स्वाभिमानका मुद्दाहरु समयमै सम्वोधन गरिनुपर्नेमा जोड दिएको छ । संजालले पीडितहरुको माग वमोजिम कानुन परिमार्जन, नयाँ आयोग निर्माण र संक्रमणकालीन न्यायलाई उचित टुंगोमा पुर्याउने सरकारको प्रतिवद्धतालाई सर्मथन गरेको छ ।
तर, सञ्जालले विगतमा जस्तै पीडितहरुको मुद्दालाई परियोजनाकरण गर्ने, राजनितिक उद्देश्यले प्रेरित स्वार्थ समुहका खेलवाड गर्ने जस्ता कार्य नगर्न सचेत गराउन संक्रमणकालीन न्याय ऐनको संशोधन, निष्पक्ष र सक्षम आयोगहरुको गठन तथा कार्यविधी तयार गरी द्वन्द्वपीडितहरुको न्यायको सवाल समग्र राष्ट्र, समुदाय र राजनितिक दलहरुको सामूहिक मुद्दा बनाउन जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)