ग्रीसमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
ictsamachar.com

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको सम्भावित नकारात्मक प्रभावबाट जोगाउने उद्देश्यले ग्रीसले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । बालबालिका तथा किशोरकिशोरीको अनलाइन गतिविधि नियन्त्रण गर्न कडा नियम लागू गर्ने देशहरूको सूचीमा ग्रीस पनि थपिएको छ ।
प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको सत्तारुढ कन्जर्भेटिभ पार्टी ‘न्यू डेमोक्रेसी’ले संसदमा आफ्नो बहुमत प्रयोग गर्दै विधेयक पारित गराएको हो । बिहीबारदेखि शुक्रबारसम्म चलेको बहसपछि विधेयक पारित भएको स्थानीय समाचार एजेन्सी ‘एएनए’ले जनाएको छ । मतदानका क्रममा अन्य कुनै पनि राजनीतिक दलले विधेयकको पक्षमा मत दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)