मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'हिमाल बचाउने प्रयास: हाम्रो हिमाल, हाम्रो दायित्व' मार्फत हिमाल सफाई गरिदै

ekagaj.com · Fri May 20 22:14:27 GMT 2022

काठमाडौँ - सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजङ्घा हिमाल लगायत ४ हिम-शृंखलाहरूको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरूले पनि सहकार्य गरेका छन् ।

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरू गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ । यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम-शृंखलाहरूबाट २९ हजार ९ सय ९८ के जी फोहोर संकलन भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)