गुरगी योजना निर्माणका लागि दबाब, मन्त्रालयमा संघर्ष समितिको डेलिगेसन
ratopati.com · Fri Mar 15 17:48:00 GMT 2024
धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित कटैनी नदीमा गुरगी सिँचाई आयोजना निर्माणका लागि दबाब दिन गठित संघर्ष समितिले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयमा डेलिगेसन गएको छ । शुक्रबार संघर्ष समितिका सदस्यहरू सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा डेलिगेसन गएका हुन् ।
डेलिगेसन गएको टोलीले के कति कारणले निर्माण प्रक्रिया अगाडि नबढाइएको भन्ने विषयमा आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम लगायतसँग छलफल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)