मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार परिसूचक २८ सय नजिक

karobardaily.com · Tue May 18 23:37:26 GMT 2021

साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६ अंकले बढेर २७९३.८९ को एतिहासिक अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब १ प्रतिशतले बढेर ५०० अंक नजिक पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)