निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बस्दै, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुने
nepallive.com · Mon Dec 05 00:54:00 GMT 2022
काठमाडौं– सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो। शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस्न लागेको हो।
बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। जसमा नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)