जनकपुरका मेयर साहलाई ‘महामूर्ख’ उपाधि
ekantipur.com · Tue Mar 07 16:49:14 GMT 2023
जनकपुर — जनकपुरधामका प्रमुख मनोजकुमार साहलाई यो वर्षको महामूर्ख घोषणा गर्दै मिथिला नाट्यकला परिषद् (मिनाप) को चर्चित महामूर्ख सम्मेलन मंगलबार सकिएको छ । साहलाई तरकारीको कलात्मक माला, प्रशस्तिपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
महामूर्ख सम्मेलनमा पत्रकार ऋषि धमलालाई पटमूर्खको उपाधि दिइएको छ । महोत्तरीको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, पूर्वडिभिजनल इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपौरशंख, याज्ञवल्क्य संस्कृत विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालाई लोढाशंकर, अधिवक्ता रेखा झालाई मनटुटिया, राजनीतिकर्मी विभा ठाकुरलाई गणपसारैन, बास्केटबलका पूर्वराष्ट्रिय खेलाडी अरुण लाललाई खपसुरता, पत्रकार वीरेन्द्र रमणलाई सोंटाचन्द्र, साहित्यकार किरण झा रश्मिलाई टुनमुसरी, व्यवसायी बलराम साहलाई बज्रकीट, मोनास्टिक आवासीय विद्यालयका प्रिन्सिपल सोनुकुमार साहलाई बज्रकीट तथा वन मन्त्रालयका अधिकृत लालबाबु यादवलाई हराशंखको उपाधि प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)