बैतडी प्रशासनमा एकद्वार सेवा प्रणाली लागू
gorkhapatraonline.com · Wed Jun 10 02:29:12 GMT 2026

जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा प्रवाहलाई सहज, छरितो तथा नागरिकमैत्री बनाउन ‘एकद्वार सेवा प्रणाली’ लागू गरेको छ। प्रणाली लागू भएसँगै नागरिकता, राहदानीलगायतका महत्त्वपूर्ण सेवाहरू एउटै स्थानबाट उपलब्ध हुन थालेका छन्।
एकद्वार प्रणालीमार्फत सेवाग्राहीले विभिन्न शाखा धाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि कार्यालयमा सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ। सार्वजनिक सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)