रुँदै पालिका भवन, जलाउने सबै बाहिरै
annapurnapost.com · Sun May 17 06:52:10 GMT 2026

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय भवन अहिले रोइरहेको छ । करोडौं लगानी गरेर बनाइएको पालिकाको भवन बाहिरबाट आएकाले जलाएको हैनन् । चन्द्रपुरकै स्वार्थ प्रेरित भएका झुण्डले जलाएका हुन् । जेनजी आन्दोलनको बहानामा आगजनीबाट ध्वस्त बनाइएको लामो समय बितिसक्दा पनि चन्द्रपुर नगरपालिकाको कार्यपालिका भवन पुननिर्माण हुन सकेको छैन ।
भवन अभावमा निजी घर भाडा लिएर बसेको नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बनेको छ । हाल नगरपालिका भाडाको भवनबाट सञ्चालन हुँदै आएको भए पनि पर्याप्त कोठा तथा पूर्वाधार अभावका कारण कर्मचारी र सेवाग्राही दुवै समस्यामा परेका छन् । नगरपालिकाले प्राविधिक अध्ययन पश्चात पुनर्निर्माणको तयारी गरेको छ तर श्रोतको सुनिश्चिता नहुँदा भवन निर्माण हुने हो वा होइन भन्ने प्रश्न तरवारझै झुण्डिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)