मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षण संस्थामा राजनीतिक महामारी

ekantipur.com · Thu Jan 25 00:53:27 GMT 2024

५२ वर्षपछि सरकारले शिक्षा ऐन संशोधन गर्ने हेतुले तयार पारेको शिक्षा विधेयकमा शिक्षाविद्को संलग्नतामा छलफल गरिनुलाई सकारात्मक मान्नुपर्छ । विचार आदानप्रदानमा तिक्तता, भिन्नता देखिए पनि विधेयकको मूलमन्त्र विद्यार्थीको उज्ज्वल भविष्यमाथिको चिन्तन नै हो, शैक्षिक वातावरण शान्त, द्वन्दरहित बनाउनु हो ।

शिक्षक, प्राध्यापक भनेका शिक्षामा उचाइ प्राप्त गर्ने प्राज्ञ हुन्, शिक्षाको उज्यालो छर्दै समृद्धिको मूल ढोका खोल्न सक्ने क्षमतावान् व्यक्ति हुन् । उनीहरूको उचित व्यवस्थापन नभएसम्म शैक्षिक क्षेत्रमा खलबली मच्चिरहने प्रस्ट छ । यति बेला सरकारलाई पालिका चलाउन हम्मेहम्मे परेको, कतिपय निकायमा वर्षौंदेखि प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको, सुगम पालिकाहरूमा पनि प्रहरी एवं अन्य कर्मचारीलाई बढुवा, ग्रेड थप गरेर पठाउन सरकार बाध्य भएकोलगायत सन्दर्भ सत्ता टिकाउने कुरूप खेल हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)