मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

ratopati.com · Sat Oct 24 17:32:42 GMT 2026

कास्की । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा फेवाताल किनार बाराही घाटमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् । उनका अनुसार दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्दै ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ पहिलोपटक गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)