मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वसरकारले अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्सा पठाएकै छैन : परराष्ट्र

ekantipur.com · Mon Sep 04 00:19:19 GMT 2023

काठमाडौँ‚ ओखलढुंगा — चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले नै अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार गरी जानकारी नपठाएको खुल्न आएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक भएको ४ वर्ष बितिसकेको छ तर नयाँ नक्सा जारी गरेपछि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई तत्कालीन सरकारले हालसम्म जानकारीका लागि पत्राचार नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको भूमि भारतले समेटेपछि ०७७ जेठ ७ मा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर चुच्चे नक्सा निकालेको थियो । त्यसलाई नेपालको संसद्ले जेठ ३१ मा सर्वसम्मतिले अनुमोदन गरेर संविधानको अंग बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)