प्रिन्स र गौरिकालाई एनओसी अवार्ड
ekantipur.com · Fri Jun 24 00:56:32 GMT 2022
काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले पहिलोपल्ट प्रदान गरेको एनओसी अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडी गौरिका सिंह भएका छन् ।
ओलम्पिक डे (जुन २३) को अवसरमा उक्त अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको थियो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)